अपडेट 
२०७७ मंसिर ८, सोमबार १७:५८

भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

सुशास्त सिंह राजपूत प्रकरणमा लागुऔषधको विषय जोडिएपछि फिल्म र टिभी जगतका कैयौँ कलाकारसँग नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यस क्रममा एनसीबीले विभिन्न कलाकारको घरमा छापा पनि मारेको छ ।  लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।   

एनसीबीले भारती सिंहलाई शनिबार र उनका पति हर्षलाई आइतबार घरबाटै पक्राउ गरेको थियो । एनसीबीका अनुसार उनीहरुको घर र प्रोडक्शन आउसमा छापा मार्दा ८६ दशमलव ५ ग्राम गाँजा भेटिएको थियो । 

भारती सिंह र उनका पतिले गाँजा सेवन गरेको कुरा पनि स्वीकारेको एनसीबीका अधिकारीहरुले दाबी गरेका छन् ।  

Comment


Related News

Latest News

Trending News