अपडेट 
२०७७ मंसिर ८, सोमबार १८:०५

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् ।

तर सबै विद्यार्थीले ‘होम सेन्टर’ रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए ।

बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको थियो ।नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रप्रसाद पौडेलले जानकारी दिए । पछि परीक्षा दिने व्यवस्था मिलाइएकाले कोभिड–१९ संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन पौडेलले आग्रह गरे ।

मंगलबार विहान ८ बजे सुरू हुने परीक्षाका लागि ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा लिन लागेको हो ।

Comment


Related News

Latest News

Trending News