अपडेट 
२०७७ मंसिर ९, मंगलवार ०७:०३

धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले पुर्व भौतिक योजना तथा पुर्वाधारमन्त्री रघुबीर महासेठलाई कालो झण्डा देखाइएको छ ।
स्थानीयबासीहरुले उनी विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन । करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको भन्दै सोमबार पुर्व मन्त्री महासेठलाई कालो झण्डा देखाएर स्थानियहरुले बिरोध प्रर्दशन गरेका छन् । धनुषाको तुलसी देखि बाहुनमारा जोडने सडकको लागि निर्माण हुन् लागेको पुलमा बहुसंख्यक जनसंख्यालाई बेवास्ता गरि आयोजना अगाडी बढाएको भन्दै स्थानियहरुले कालो झण्डा देखाएर बिरोध प्रर्दसन गरबेका हुन । सर्वसाधारणको सुबिधालाइ ख्याल नै नगरी भोटमा राजनीति भएको आरोप लगाउदै स्थानियहरुले पुर्व सर्वे गरिएको ठाउँमा नै पुल बन्नुपर्ने अडान राखेका छन् । पटकपटक पुल निर्माणको बिषयमा ध्यानाकर्षण गराउदा पनि पुर्वमन्त्री महासेठले आफुहरुलाइ भेदभाव गरेको बताउदै स्थानियहरुले जनचाहना अनुसार विकास निर्माणको कार्य अगाडी बढाउन माग समेत गरेका छन् । राष्ट्रिय सम्पतीको दुरुपयोग गर्दै जथाभावी पुल शिलन्यासले गलत सन्देश जाने बताउदै पुर्वनिर्धारित ठाउँमा पुल बनाएर तुलसीका बहुसंख्यक सर्वसाधारणहरुको भावनाको सम्मान गरिदिन उनिहरुले पुर्व मन्त्री महासेठलाइ अनुरोध गरेकाछन् ।

मिथिला नगरपालिका ११ नेकपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका महासेठले भने पुलको निर्माण जनचाहना अनुसार नै हुने दावी गरेका छन् । पुल निर्माणबाट लाभान्वित हुने संख्या र स्थानिय बासिन्दाको सुविधालाइ समेत ख्याल गरी निर्माण कार्यक्रम अगाडी बढाएको पुर्व मन्त्री महासेठको भनाइ छ । तर पुल निर्माणको क्रममा राष्ट्रिय सम्पतीको दुरुपयोग हुने गरि योजना अगाडी बढाएको र जन्ताको करलाइ गलत ठाँउमा प्रयोग गरेको जिकिर गर्दै स्थानियहरुले भने विकासलाई जनचाहना अनुसार अगाडी बढाउन माग गरेका छन् । तर, महासेठले केहि कार्यकर्ताहरुलाई खुश पार्नकालागि पुरानो सर्वे भएको ठाउँ भन्दा अलग ठाउँमा पुल निर्माण गराउन चलखेल गरेका हुन । महासेठ भौतिक योजना तथा यातायात मन्त्री हुदा सो ठाउँमा पुल निर्माणको योजना ल्याएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमाजनतालाई खुश पार्नकालागि ल्याइएको योजनाले कार्यकर्ताको भरणपोषण गर्न लागेको भन्दै उनीहरुले सर्वेभएको ठाउँमा पुल निर्माण हुनुपर्ने अडान लिएका छन् । नेकपा नेता रघुविर महासेठलाई तुलसीमा कालो झण्डा देखाइएको भएपनि जनकपुरमा कयौं पटक कार्यक्रम वहिस्कारनै गरिएको थियो । राम युवा कमिटीमा भएको कार्यक्रममा समेत उनको कार्यक्रममा कोहि नआएपछि नेता महासेठ भाषण नैनगरि फर्केका थिए । महासेठको कार्यकर्ता पालन गर्ने कार्यकौशलताकै कारण उनी पटक पटक आफ्नै पार्टीका कार्यकर्ताहरुवाट विरोध खेप्नु परेको छ । उनकै कारण धनुषामा अहिले पनि नेकपा दुई खेमामा विभाजित छन् । उनी विजयी भएका धनुषा निर्वाचन क्षेत्र नं. ४ मा समेत पार्टीका नेता कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि रहेको छ । उनकै कारण पुरानो माओवादीहरुले अहिले सम्म आफु नेकपाका नेता कार्यकर्ता रहेको अनुभूति समेत गर्न सकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News