
मंगलबार नेपाली बजारमा सुनको भाउ १८ सयले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । । त्यसैगरी, मंगलबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा मंगलबार चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय १० मा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ११ सय ८० मा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।