अपडेट 
२०७७ मंसिर ९, मंगलवार ११:४१

विश्वभरमा चार करोड ११ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा चारकरोड ११ लाख ५६ हजार ६ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ९५ लाख १४ हजार आठ सय आठ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख दुई २८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६९ लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७५ लाख ४८ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६३ हजार ६ सय ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९१ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख चार हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार दुई सय ५४ पुगेको छ । नेपालमा हालसम्म दुई लाख २२ हजार दुई सय ८८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख दुई हजार ६७ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News