
लामो समयदेखि बन्द नेपाल भारत सीमा नाका खोल्न सरकारलाई राजनीतिक दबाब परेको छ ।
जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार विज्ञप्ति जारी गर्दै भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नु माग गर्नुभएको हो ।लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको विज्ञप्तिमा उल्लेख छ।
जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ।
कोरोना जोखिम बढेसँगै चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ ।