अपडेट 
२०७७ मंसिर १०, बुधबार ०६:३९

विश्वभरमा चार करोड १५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा चारकरोड १५ लाख १० हजार एक सय १७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ७७ हजार पाँच सय ७७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख १३ हजार सात सय १३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७६ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६५ हजार आठ सय ५३जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९२ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार सात सय ४३ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २४ हजार ७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख चार हजार आठ सय ५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय ६८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News