अपडेट 
२०७७ मंसिर १०, बुधबार ०७:१०

रौतहटमा मादक पदार्थ सेवन गरी झै–झगडा गर्दा एक जनाको मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवानले रक्सी सेवन गरी घर जाँदै गर्दा छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा परेको थियो । झगडा कुटाकुटमा परिणत हुँदा अमिरी पासवानको टाउकोमा चोट लागेको थियो । उपचारको लागि गरुडास्थित सिटी अस्पतालमा उपचारको क्रममा करिब ८ बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए ।

मादक पदार्थ सेवन गरी आएका विकासले आफ्नो छिमेकी अमिरीलाई अभद्र गाली गलौज गरेका थिए । तयही क्रममा उनीहरुबिच झगडा सुरु भई घटना घटेका हो । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यलय गरुडा र प्रहरी चौकी हर्षहाबाट खटि गएको टोलीले विकास पासवान र कुटपीटमा संलग्न ५५ वर्षीय बिन्दा पासवानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरकाअनुसार शव पोष्टमार्टमको लागि गौर पठाएको छ । घटनाबारे आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News