अपडेट 
२०७७ मंसिर १०, बुधबार १९:२५

बालिका हत्याको विरोधमा महोत्तरीका विभिन्न ठाउँमा बुधबार दिनैभरि प्रदर्शन भएकाे छ । महाेत्तरीकाे बर्दिवास, जलेश्वर र सम्सीमा स्थानीयहरूले दिनैभरि प्रर्दशन गरेका हुन्

।बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागि उपचारको क्रममा ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणालगायतका माग राख्दै प्रर्दशन भएकाे हाे ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै बर्दिवासमा मङ्गलवार दिनभरि नै स्थानीयहरू प्रर्दशनमा उत्रिएका थिए । प्रदर्शनकारीहरूले बर्दिवासका मेयर विदुरकुमार कार्की र इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँकाे पुतला दहन गरेका हुन् ।

सदरमुकाम जलेश्वरमा मुखमा कालोपट्टी बाँधेर युवाहरूद्वारा प्रर्दशन 

सदरमुकाम जलेश्वरमा स्वतन्त्र युवाहरूको एक समूहले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे छ । युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा उत्रिएकाे स्वतन्त्र युवाहरूको समूहले बर्दिवासको घटनालाई लिएर मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागीहरूले नागरिकलाई गोली हान्ने प्रहरीलाई कारबाही गर, सञ्जय न्यौपानेलाई शहीद घोषणा गर, बलात्कारीलाई कारबाही गर, बालिकालाई न्याय देऊ लगायतको नारा लेखिएको प्लेकार्ड समेत देख्न सकिन्थ्याे । 

गएकाे आइतबारदेखि हराएकी ६ बर्षीया बालिकाकाे शव सोमबार मध्यरातमा भेटिएको थियो । बालिकाकाे बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

Comment


Related News

Latest News

Trending News