अपडेट 
२०७७ मंसिर १०, बुधबार १९:३१

राजावादीहरुले हिन्दु राष्टको माग गर्र्दै जनकपुरधाममा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् ।

जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको नेपाल राष्ट्रवादी समुहको जुलुसले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै बुधबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् । गाडीमा पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर हजारौको संख्यामा प्रदर्शन गरेका छन् ।रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडी, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै पुर्व राज्यपरिषद सदस्य तथा शिक्षक कारी यादवले संघियताको नाउमा देशलाई लुटने थलोको रुपमा परिणत गरेको आरोप लगाए । पंचायती व्यवस्थामा तीन विघा सम्म जनतालाई कर तिर्नु पर्दैन्थ्यो तर अहिले करको नाउमा जनतालाई पेल्न सम्म पेलिएको वताउदै उनले जनतालाई करको नाममा थुतेर अहिलेका मेयर र अध्यक्षहरुले करोडौको गाडीमा चढिरहेको वताए । उनले राजाको शासन समाप्त गरेर जनतालाई रिणको भारीमा अझै पेल्ने काम गरेको आरोप लगाए ।अहिले देश गणतन्त्रमा नभएर गलततन्त्रमा फसेको वताउदै यादवले अहिले भ्रष्टाचारीतन्त्र मौलाएकोले देशलाई वचाउनका लागि २०४७ को संविधान र राजा शाषन फर्काउनका लागि युवाहरुलाई जागृत हुन आह्वान गरे ।

कार्यक्रमको संयोजक प्रकास राणाले देशमा अहिले असंख्य राजाहरु जन्मेको छ जवकि हामीलाई देशमा एउटै राजाको आवश्यकता रहेको वताए । उनले धेरै राजाहरुकै कारण जनता करमा पिल्सीरहेको र भ्रष्टाचार मौलाउदै गएकोले देशलाई पुनः विकासको बाटोमा लम्कयाउनका लागि राजा शासनको विकल्प नरहेको वताए । उनले तेस्रो चरण अन्तरगतको कार्यक्रम अन्तरगत वुधवार मोटरसाईकल जुलुस गरेको र अब घर घरमा पुगेर जनमानससंग आफनो कुरा राख्ने वताए ।

कार्यक्रममा वक्ताहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका कुराहरुलाई उठान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News