अपडेट 
२०७७ मंसिर ११, बिहीबार ०७:४४

विश्वभरमा चार करोड १९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा चार करोड १९ लाख ४० हजार नौं सय ९१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ६ लाख ९६ हजार एक सय २९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख २५ हजार सात सय ८१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७३ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७७ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६८ हजार एक सय ५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९२ लाख ६६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ७७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार दुई सय ६१ पुगेको छ । नेपालमा हालसम्म दुई लाख २६ हजार २६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख सात हजार नौं सय ५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News