अपडेट 
२०७७ मंसिर ११, बिहीबार १३:४१

बर्दिबास घटनाका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही अढाई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । बर्दिबासका मेयर विदुर कार्कीले बिहीबार (आज) दिउँसो पत्रकार सम्मेलन गर्दै मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेका परिवारलाई जनही जनही २ लाख ५० हजार रुपैयाँ राहतदिने घोषणा गरेका हुन् ।

गएको सोमबार राति बर्दिबास नगरपालिका १४ का शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाबशा खातुनको बलात्कार पश्चात हत्या भएको अवस्थामा बोरामा शव भेटिएको थियो भने बालिकाको सो घटना विरुद्ध मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका बेला प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका १ का ४३ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

नगरपालिकाले प्रहरीको गोली लागेर मृत्यु भएका संजयको परिवारका एक सदस्यलाई योग्यता र दक्षता अनुसार रोजगारी उपलब्ध गराउने नगरपालिकाको निर्णय भएको समेत मेयर कार्कीले बताए । साथै उनले दुवै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा काबराहीको साथै दुबै मृतक परिवारलाई उचित क्षतिपुर्ति दिन सरकारसंग माग समेत गरेका छन् । नगरपालिकाले मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News