अपडेट 
२०७७ मंसिर ११, बिहीबार १५:३३

स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच ४ बुँदे सहमति भएपनि बर्दिबासमा तेश्रो दिन पनि प्रदर्शन जारी रहेको छ । बिहीबार बिहानदेखि बजार र राजमार्ग खुलेपनि स्थनीयले प्रहरी प्रशासन विरुद्धको प्रदर्शन गरिरहेका छन् ।बर्दिबासकी ६ वर्षीया बालिका गुलाबशा खातुनको बलात्कार तथा हत्या र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको दोषीमाथि कारबाहीको मागसहित आक्रोशित स्थानीयहरुले इलाका प्रहरी कार्यालय बर्दिबास घेराउ समेत गरेका छन् ।

बुधबार साँझ स्थानीय प्रशासन र सर्वपक्षीय बार्ता समिति बीच चारबुँदे सहमति भएको थियो । दुबै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने, संजय न्यौपानेलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने सहमति भएको थियो । उक्त चार बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्रालयमा दुबै पक्ष जाने छलफल भएको थियो ।

Comment


Related News

Latest News

Trending News