
सिरहामा बलात्कारको आरोपमा एक मौलवीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले जानकारी दिए ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पजियारले जानकारी दिए ।
उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।मंगलबार साँझ लहान नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया मुस्लिम महिला समान्य बिरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन उनको डेरामा गएकी थिइन् । मौलवीले झारफुकको बहानामा बलात्कार गरेका भन्दै परिवारजनलाई बताएपछि सो घटना प्रहरीमा पुगेको थियो ।