अपडेट 
२०७७ मंसिर ११, बिहीबार १९:१९

महोत्तरीको बर्दिबासमा ६ वर्षिय गुलबसा खातुनको बलात्कार पश्चात हत्या गरिएको बिरोधमा पिडारी यूवा क्लब जनकपुरधामले बिहिबार जनकपुरधामको पिडारी चौकमा मम्बत्ती बालेर बिरोध जनाएको छ ।

खातुनको आत्माको चिरशान्तिका लागि मम्बत्ती बाली क्लबका सदस्यहरुले मौन धारण गरेको हुन । त्यस्तै क्लबका २ दर्जन बढि उपस्थित यूवा सदस्यहरुले बिभिन्न प्लेकार्डमा बलात्कारीलाई फाँसी दे सरकार,गुल्बसा खातुनलाई न्याय दे सरकार लेखेर बिरोध जनाएका थिए ।

कार्यक्रममा स्थानीय यूवा रोसन यादवले, प्रदेश सरकारसँग छोरीलाई साईकल बितरण गर्नु भन्दा पहिला छोरीको सुरक्षा गर्न तर्फ ध्यान दिन आग्रह गरेको छन । यादवले खातुनको हत्यारालाई कडा भन्दा कडा सजाई दिन आग्रह गरे । त्यस्तै यादवले, सरकारलाई बलात्कार जस्तो घटना रोक्न कडा नियम लगाउन आग्रह गरे र खातुनको मृत्यु प्रति सरकारले ठोस कदम नउठाएमा आफुहरु सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि दिए ।

Comment


Related News

Latest News

Trending News