अपडेट 
२०७७ मंसिर १२, शुक्रबार ०७:००

प्रदेश २ मा बिहीबार दुई जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाममा एक महिला मृत अवस्थामा फेला परेको छ ।

बिहीबार बिहान जिल्ला बारा कलैया घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बेलाकुटिस्थित सुरेश साहको घरमा डेरा गरि बस्ने राजेश चौरासियाको २२ वर्षीया पत्नी रेखा चौरसिया आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कर्तव्य गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी नायब उपरिक्षकको कमाण्डमा खटि गएको टोलीले प्रारम्भिक अनुसन्धान कार्य पश्चात घटना हेर्दा कर्तव्य गरि मारेको जस्तो देखिएको बताएको छ ।

मृतकको श्रीमान हाल फरार रहेकोछ । यस्तै, सिरहाको लहान नगरपालिका–१८ शोभापुर गाउँमा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुने महिला २५ वर्षीया इसरत खातुन हुन् । मृतकका पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतारमा छन् । स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए । शव पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । ‘महिलालाई कुटपिट गर्ने एक जनालाइ

Comment


Related News

Latest News

Trending News