अपडेट 
२०७७ मंसिर १२, शुक्रबार ०७:२०

लामो समयदेखि बन्द रहेको नेपाल भारत सीमा बिहीबारदेखि आंशिक रुपमा खुला भएको छ ।

कोरोना भाइरस कोभिड़–१९ संक्रमणको उच्च जोखिमलाई मध्य नजर गर्दै नेपाल सरकारले गएको चैत ११ गतेदेखि बन्द गरेको नेपाल–भारत सीमा रौतहटमा आंशिक रुपमा सञ्चालनमा आएको हो । नेपालले सीमामा आवागमन सहज गरे पनि भारतबाट रोकिएको छ । भारतीय सीमा सुरक्षामा रहेका सशस्त्र बोर्डर सुरक्षा बलले कुनै आदेश न आएकोले अहिले सम्म नखोलिने प्रस्ट गर्दै आदेश आए मात्र नाका भएर आवागमन हुने जनाएको छ । करिव ९ महिनादेखि बन्द रहेको सीमा नाका खोल्नु पर्ने मांग राख्दै रौतहटका नागरिक समाजका नेतृत्वमा जारी धर्नाको १५ औ दिन आवागमन सुचारु भएको छ । सवारी साधन नेपालदेखि भारत र भारतबाट नेपाल भित्रिन नपाउने र पैदल ओहोर दोहोर गर्ने गरी आवागमन सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शव बाहन , एम्बुलेंस , विबाहको गाडी बाहेक अरु कुनै पनि निजी सवारी साधन सिमा पारी आवतजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारी यादवले बताए । पैदल निर्वाद रुपमा आवत जावत गर्न पाउँछ, उनले भने नेपाली जनताको समस्यालाई हेर्दै सहजता अपनाइएको छ । गएको २७ गते देखि सीमा नाका खुलाउनको लागि गौर भन्सार कार्यालय अगाडी नागरिक समाजको अगुवाईमा जारी रहेको धर्ना कार्यक्रम बिहीबारदेखि स्थगित गरिएको छ । धर्नामा सहभागी भएका गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले धर्ना कार्यक्रम स्थगित गरिए पनि पर्वत रुपमा बोर्डर सुचारु गराउन भने संघर्ष जारी नै रहने बताउनु भएको छ । नागरिकको दवाव पछि सरकारले पैदल आवागमन ,विबाहको सवारी साधन , एम्बुलेंस र शव बाहनको गाडी आउँन जाने गरी गरेको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिदै मेयर गुप्ताले भने पूर्ण रुपमा सवै सवारी साधन सुचारु हुने गरी सीमा नाका नखुले सम्म दवावका कार्यक्रम जारी रहने जनाए । जनता समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रेवन्त झाले आम नागरिकको समस्याको पूर्ण रुपमा हल नभएको जिकिर गर्दै पूर्ण रुपमा सीमा नाका खोल्नु पर्ने अड़ान कायमै रहेको जनाए ।

कोरोनाको बहाना बनाएर संघीय सरकारले मधेशी जनता माथि दमन गर्ने नियतले नेपाल–भारत बीच सीमा नाका बन्द गरेको आरोप लगाए । नेपाल नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद केसरीले सीमा नाका बन्दको कारण दुवै देशका जनताको भएको समस्याको समाधानको लागि दवाव दिने उदेश्यले लगातार रुपमा प्रदर्शन र धर्ना कार्यक्रम गरिएको बताए । आम नेपाली नागरिकलाई सहज रुपमा प्रवेश पाउने गरी सीमा सुचारु गरिएको निर्णयलाई स्वागत गर्दै पूर्ण रुपमा नाका नखोलिए सम्म आन्दोलनको कार्यक्रम जारी रहने प्रतिवद्धता जनाउँदै बिहीबारदेखि धर्ना कार्यक्रम स्थगित गरिएको घोषणा समेत गरे । मुख्य नाका भएर पैदल यात्रीलाई आवागमन गर्न प्रतिवंध लगाइएकोमा अलिकति सहजता प्रदान गरिए पछि आवागमन गर्न सकिने भएको छ । कोरोनाको संक्रमणको जोखिम कायम नै रहेकोले नेपाल–भारत सीमामा चेकजाँचको व्यवस्थापन गरेर सीमा नाका पूर्ण रुपमा सुचारु गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News