अपडेट 
२०७७ मंसिर १२, शुक्रबार १०:०९

बालबालिकाहरुका लागि पहिलो पाठसाला  घर र शिक्षक आमाबुवा  हुनेगर्दछ ।

त्यसैले आफ्नो बालबालिकाहरुलाई राम्रो शिक्षाका लागि अभिभावक  जिम्मेवारभै समयमा विद्यालय पठाउन जनकपुरधामकी उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले बताएकी छन् ।हनुमान सामुदायिक अध्ययन केन्द्रद्वारा जनकपुरधाम ७ मा आयोजित  अभिभावकहरुलाई बाल संरक्षण सम्बन्धी ‘अभिमुखीकरण तालिम’ कार्यक्रममा उपमेयर मिश्रले सो कुरा बताएकी हुन ।उपमेयर मिश्रले भनिन, ‘मानिस उमेर ठूलाबडा हुँदैन, शिक्षाले ठूलाबडा हुन्छ । शिक्षालाई कसैले चोर्न पनि नसक्ने भएकोले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ 

‘भूकम्प आयो, करोडौंको भौतिक क्षति भयो, बाढी आयो करोडौंको नोक्सान भयो तर शिक्षालाई केही भएन, शिक्षित व्यक्ति जहाँ गएपनि धन आर्जन गर्न सकिन्छ , सचेत नागरिक समाजको भुमिका गर्नहुन सहभागी अभिभावहरुलाई सम्झाउँदै उपमेयर मिश्रले भनिन ।प्रदेश २ मा बसभन्दा बढी दलितहरु छन्, उनीहरुको शिक्षा दर निक्कै कम छ, दलितका बालबालिका पढेमा दलितको मात्र होइन, प्रदेश र समाजको पनि उन्नति हुने उनले बताएकी छन् । उपमेयर मिश्रले बालविवाह नगर्न समेत सुझाएका छन् ।

केन्द्रकी अध्यक्ष उषा साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सोही संस्थाका सल्लाहकार लालबाबु हाथीले एउटा आँधो व्यक्ति हामीलाई आँखाबाट हेर्न सकिदैन, त्यस्तै अशिक्षित व्यक्ति संसारको बारेमा बुझ्न सकिदैन । त्यसैले शिक्षामा बढी ध्यान दिन सबैमा आग्रह गरेका छन् ।एउटा महिला शिक्षित भएमा परिवार शिक्षित हुन्छ, एउटा परिवार शिक्षित भएमा समाज शिक्षित हुन्छ र सामाज शिक्षित भएमा देश शिक्षित हुने सल्लाहकार हाथी बताएका छन् ।दलित बालबालिकाहरु, गर्भवती महिलाहरु तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचारको सुविधा आफूले उपलब्ध गराउने जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष जानकी राम साहले बताएका छन् । उनले निःशुल्क चेकजाँचका लागि वडा कार्यालयबाट लिखाएर लिनुपर्ने मापदण्ड रहेको पनि बताए ।कार्यक्रममा  हनुमान सामुदायिक अध्यन केन्द्र  जनकपुर धामका  शिक्षिका सिर्जना झा , शिक्षिका रेविता देवि ,शिक्षक भारत भंडारी  लगायतका व्यक्तिहरुले शुभकामना तथा मन्त्व्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News