अपडेट 
२०७७ मंसिर १२, शुक्रबार १२:५८

महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो । बर्दिवास नगरपालिका १४ बाट बेपत्ता पारेर हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिएको छ । गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । गएकाे सोमबार बालिका मृत भेटिएकी भएको विरोध प्रदर्शनमा बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।

घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News