अपडेट 
२०७७ मंसिर १२, शुक्रबार १६:३४

नेपालमा शुक्रबार थप १७०३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६९६ महिला र १००७ जना पुरुष गरी १७०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ८२२ जना रहेका छन् भने ती मध्ये ३७९ महिला र ४४३ जना पुरुष छन् । शुक्रबार काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १४३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १२३६ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख १० हजार ६७१ जना कोरोनामुक्त भएका छन् । यो दर कुल संक्रमितको ९१ दशमलब ९ प्रतिशत हो । त्यस्तै नेपालमा हाल १७२३७ जना आइशोलेशनमा छन् भने ६०१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख १० हजार ४६० वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News