अपडेट 
२०७७ मंसिर १२, शुक्रबार १९:४६

जनकपुरधाम । सीताराम विवाह पंचमी महोत्सवमा बाहिरी अतिथि नआउने भएको छ । शुक्रबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको जोखिम रहेकोले बाहिरी अतिथिहरुलाई निमन्त्रणा नगर्ने निर्णय गरेको हो । विगतमा भगवान श्रीरामको जन्ती भारतको अयोध्याबाट आउने गरेको थियो । विशिष्ट अतिथिहरुलाई समेत निमन्त्रणा दिने गरेको थियो ।
महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा बसेको बैठकमा वैवाहिक कार्यक्रम गर्ने भएपनि अन्य तामझाम भने नगर्ने निर्णय गरेको हो । सरसफाई, यातायात, खानेपानी लगायतको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित निकायलाई दिएको छ ।

कोरोनाको मध्यनजर गरी आवश्यक सावधानी अपनाएर सीताराम विवाहमहोत्सव मनाउनुपर्ने जनकपुरधाम उप महानगरपालिकाका मेयर लालकिशोर साहले बताए । यसको लागि सबै पक्षले आवश्यक सावधानी अपनाएर आ आफनो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा उनले राखे । बैठकमा प्रदेशसभा सदस्य एवम् जनता समाजवादी पार्टीका सचेतक परमेश्वर साह, जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत, धनुषाका प्रहरी उपरिक्षक रमेश बस्न्यात लगायतको सहभागिता रहेको थियो । आउँदो पुस ४ गते सीताराम विवाहपंचमी महोत्सव मनाउने भएको छ ।

Comment


Related News

Latest News

Trending News