अपडेट 
२०७७ मंसिर १३, शनिबार ०७:३९

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले शिक्षाले नै कुनै पनि समाजको उत्थान हुने भएकोले शिक्षित हुनु नितान्त आवश्यक रहेको वताएका छन । नेपालमै पहिलो चोटी जनकपुरधाममा निमार्ण गरिएको डा.भिम राव अम्वेडकर पुस्तकालयको समुदघाटन समारोहमा बोल्दै मेयर साहले समाजको उत्थानका लागि हौसला र साहस गर्नुपर्ने र त्यसको लागि शिक्षित हुनु जरुरी रहेको औल्याएका थिए ।

उनले डा.अम्वेडकर पुस्तकालय जनकपुरधाममा निमार्ण भएपछि आफु हर्षित भएको र यसल दलित समाजमा शिक्षाको विकासमा पनि जग थप्ने वताए । डा अम्वेडकर पुस्तकालयका लागि जनकपुरधाम उपमहानगरपालिकाले दिएको रकम कमै रहेको वताउदै नगर प्रमुख साहले दलितका उत्थानका लागि अझै बजेटको आवश्यकता रहेको वताए । उनले दलितको उत्थान आफनो पहिलो प्राथमिकता रहने प्रतिद्धता जनाउदै पुस्तकालयका संगै निमार्ण गरिएको सभाहलमा डा भिमरावको शालिकको निमार्ण पनि जनकपुरधाम उपमाहानगरपालिकाले वताए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले डा भिमराव अम्वेडकरले दिएको योगदानको विषयमा चर्चा गर्दै उनले दिएको योगदानलाई आत्मसाथ गरे समाजको उत्थान गर्न सम्भव हुने वताए ।उनले दलितको उत्थानका लािग जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न किसीमको कार्यक्रमहरु ल्याइरहेको र जनकपुरधामको विभिन्न वार्डमा दलितलाई सहयोग पुग्ने किसीमको कार्यहरु गर्नका लागि वजेट समेत विनियोजन भइसकेको वताए ।

जनकपुरधाम उपमहानगरपालिकाले दिएको २५ लाख वजेटबाट जनकपुरधाममा नेपालै पहिलो पल्ट डा भिमराव अम्वेडकर पुस्तकालयको निमार्ण गरिएको छ भने दलित समाजका लागि सभाहलको समेत निमार्ण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News