अपडेट 
२०७७ मंसिर १३, शनिबार ०७:४४

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिकाकी ६ बर्षीया बालिकाको हत्या गर्ने अरुण साह उपर प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ । साहबिरुद्व किटानी जाहेरी दर्ता भएसँगै प्रहरीले तीन वटा शिर्षकमा साहबिरुद्व मुद्दा दर्ता गरेको हो । हत्या गरिएकी बालिकाको परिवारले बिहीबार किटानी जाहेरी दिएको छ । किटानी जाहेरी परेपछि उनीबिरुद्व मुद्दा दायर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार साहबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाइँले जानकारी दिए । गत मंसीर ७ गते साहले बर्दिवास नगरपालिका १४ की ६ बर्षीया गुलाब शाह खातुनको बलात्कारपछि हत्या गरेका थिए । किराना पसल गर्दै आएका साहको पसलमा चकलेट किन्न गएको बखत बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेर हत्या गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News