अपडेट 
२०७७ मंसिर १४, आईतवार ०६:५७

विश्वभरमा चार करोड ३१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा चार करोड ३१ लाख ७३ हजार एक सय ५० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड २५ लाख ५० हजार ६ सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ५७ हजार चार सय २९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७९ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७२ हजार दुई सय ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९३ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार सात सय पाँच पुगेको छ । नेपालमा हालसम्म दुई लाख ३० हजार सात सय २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ११ हजार एक सय ८६ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार चार सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News