
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ । यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।