अपडेट 
२०७७ मंसिर १४, आईतवार ०७:२७

भ्रष्टाचार मुद्दा लागेर निलम्बित सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिताम्बर यादव पुर्नबहाली भएका छन् ।

रुपनी गाउँपालिका वडा न. १ कार्यालयमा शुक्रबार आयोजित एक समारोहका बिच यादवलाई वडाध्यक्षमा पुर्नबहाली गरिएको हो । गाउँपालिका अध्यक्ष हरेराम यादवले फुलमाला र अबिर लगाएर यादवलाई वडाध्यक्षको पदभार ग्रहण गराएका थिए । वडाध्यक्ष यादवलाई २०७५ मंसिर २१ गते उच्च अदालत राजबिराज–जनकपुर ईजालासले भ्रष्टाचार ठहर गरि पदबाट निलम्बन गरेका थिए । निलम्बित वडाध्यक्ष यादवले आफुबिरुद्व षड् यन्त्र भएको भन्दै उच्च अदालतमा मुद्दा दोहोराई पाउँ भनी निबेदन दिएकोमा सर्बोच्चले भ्रष्टाचार मुद्दामा ठहरे बमोजिम हुने नै हुदा हाल यादवलाई वडाध्यक्षको रुपमा कामकाज गर्न रोक नलगाउन भनी रुपनी गाउँपालिकाको नाममा मुलुकी देवानी संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको थियो । अदालतको आदेशको सम्मान गर्दै यादवलाई वडाध्यक्षमा पुर्नबहाली गरिएको गाउँपालिका अध्य हरेराम यादवले बताए ।

वडाध्यक्षमा निर्वाचित हुन अघि जिल्ला शिक्षा कार्यालय उदयपुरमा कार्यरत रहदा यादव माथि भ्रष्टाचारको मुद्दा लागेको थियो । मुद्दा लागेपछि १० बर्षको जागिर अबधिबाट राजिनामा दिई यादव स्थानीय चुनावमा रुपनी गाउँपालिका वडा नम्बर १ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट वडाध्यक्षमा निर्वाचित यादव विरुद्ध सोही मुद्दामा स्थानीयले पुनः मुद्दा दर्ता गराएका थिए । यादवलाई उच्च अदालत राजबिराज–जनकपुर ईजालासले २०७५ मंसिर २१ गते वडाध्यक्षबाट निलम्बन गरेका थिए । गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देबि सरदार, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजनैतिक दलका नेता तथा प्रतिनिधि, वडा सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा रुपनी गाउँपालिकाका ६ वटै वडाध्यक्षलाई बोलाईए पनि २ नम्बर बाहेका कुनै पनि वडा अध्यक्ष उपस्थिति थिएन ।ब

Comment


Related News

Latest News

Trending News