अपडेट 
२०७७ मंसिर १४, आईतवार ०७:३२

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरसफाईका साथै बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

अभियानको चौथो दिन अस्पतालका बिरामीहरु, पोषण गृहका कुपोषित बालबालिका र बाटोमा हिंडने विपन्न जेष्ठ नागरिक र बालबालिकाहरुलाई फलफूल वितरण गरिएको हो । मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले बिरामीहरुका साथै हिंसा पीडित महिलाहरुलाई समेत फलफूल वितरण गरिएको जानकारी दिए ।

यसै क्रममा फलफूल वितरण कार्यक्रम चलिरहँदा अस्पतालको आकस्मिक कक्षमा रगतको कमी भएका एक विरामीले रगत उपलब्ध गराइदिन आग्रह गरेपछि त्यसको समेत व्यवस्थापन गरिएको संयोजक पोखरेलले जानकारी दिए । मूल समारोह समितिकातर्फबाट ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले बिरामीका लागि एक पाउण्ड रगत दान दिएका थिए ।

विभिन्न संघ–संस्थाको संयोजनमा मूल समारोह समितिले १६ दिने कार्यक्रमअन्तर्गत व्यक्तित्वकला, चित्रकला, कविता प्रतियोगिता, कानुनी शिक्षा, तालिम, अन्तरक्रिया, मर्यादिन महिनाबारीबारे सम्वाद, सेनेटेरी प्याड वितरण, पीडितलाई हौसला र सहयोग प्रदान, ¥यालीलगायतको कार्यक्रम तय गरेको छ ।

Comment


Related News

Latest News

Trending News