अपडेट 
२०७७ मंसिर १४, आईतवार ०७:३७

पछिल्लो समय औषधी पसलबाट लुकिछिपी प्रतिबन्धित लागूऔषध बिक्रि बितरण हुँदै आएको जानकारी आएपछि प्रहरीले निगरानी बढाएका बेला कतिपय कारोबारीले नयाँ नयाँ जुक्ति अपनाउन थालेका छन् ।

यसैक्रममा प्रहरीको आँखा छल्दै घरबाटै लागु औषधको कोरोबार सुरु गरेका एक कारोबारी प्रहरी फन्दामा परेका छन् । घरबाटै प्रतिबन्धित लागु औषधको कारोबार सुरु गरेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १० बस्ने ३२ वर्षिय राजिव मण्डल शुक्रबार साँझ प्रहरी फन्दामा परेका हुन् । भारतबाट लुकाईछिपाई प्रतिबन्धित लागु औषध ल्याई घरबाटै बिक्रि बितरण गर्दै आएको गोप्य सूचना आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खेटेको संयुक्त टोलीले लागु औषधसहित मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट बिक्रिका लागि राखिएका डाइरेक्स डिसी १० बोतल, नाइट्रोभेट ८३ पिस, नाइट्रोसन ५१ पिस, स्पास्मोप्रोसिभन ७५ पिस र १२५ ग्राम गाँजा समेत बरामद गरेको छ । मण्डललाई लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । दुई साता अघि पनि सप्तरीको बोदेबरसाईन नगरपालिकास्थित एक औषधी व्यवसायीको घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद गरेको थियो ।

Comment


Related News

Latest News

Trending News