अपडेट 
२०७७ मंसिर १५, सोमबार ०७:१५

विश्वभरमा चार करोड ३५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा चार करोड ३५ लाख ३१ हजार तीन सय ४४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ३० लाख ५२ हजार तीन सय ९० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ६४ हजार सात सय ७४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८० लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८१ लाख पाँच हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७३ हजार ७२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८८ लाख ४६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३७ हजार एक सय ७७ पुगेको छ । नेपालमा हालसम्म दुई लाख ३१ हजार नौ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख १२ हजार पाँच सय ९० जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार चार सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News