अपडेट 
२०७७ मंसिर १५, सोमबार ०७:५२

धनुषाको हसंपुर नगरपालिका वडा नं. ८ झटियाहीस्थित श्री मिथिला तिलक नन्द कुमारी कार्की मा.वि.को भवन र कम्पाउण्डवालको शिलान्यास र साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा आईतबार आयोजित एक समारोहका बीच हंसपुर नगरपालिकाका मेयर रामज्ञान मंडल र उपमेयर रेणु झाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । विद्यालयमा ८ कोठे भवन निर्माण हुन लागेको छ । १ करोड ९८ लाख रुपैयाँको लागतमा नयाँ भवण र ३० लाख रुपैयाको लगानीमा कम्पाउण्डवाल निर्माण हुन लागेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मंडलले बताए । हंसपुर नगरपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बजेटमध्ये सबै भन्दा बढि बजेट शिक्षा क्षेत्रकै बिकासमा लगाएको मेयर मंडलले जानकारी दिए । समाज र देश विकासको लागि सबै भन्दा मुख्य कुरा उचित शिक्षा र शिक्षित जनशक्ति रहेकोले आफुले सबै भन्दा पहिलो प्राथमिकता शिक्षाको स्तरोन्तरी गर्ने प्रयास गरेको मेयर मंडलले उल्लेख गरे । त्यस्तै, कार्यक्रममा कक्षा ८ मा अध्ययनरत्त ७० जना छात्रालाई साईकल वितरण गरिएको छ । हंसपुर नगरपालिकका छात्राहरुलाई विद्यालय आउन थप सहज होस भन्ने दृष्टिकोणले छात्राहरुलाई साईकल वितरण गरिएको मेयर मंडलले बताए ।

हंसपुर नगरपालिकाको हरेक घर शिक्षित घर होस भन्ने आफ्नो सपना रहेको मेयर मंडलले बताए । सो अवसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादव, जसपाका जिल्ला नेता प्रमोद यादव लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News