अपडेट 
२०७७ मंसिर १६, मंगलवार १७:०६

नेपालमा मंगलबार थप १३०४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५०१ महिला र ८०३ पुरुष गरि थप १३०४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २४० जना महिला र २९० जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकाका ५३० जना संक्रमित मध्ये ४०९ जना, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण १५२९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २०७३ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख १६ हजार ५९४ संक्रमित निको भएका छन् । हाल आइशोलेशनमा १६ हजार ६३३ जना छन् भने ६१६ जना क्वारेन्टाइनमाा छन् । नेपालमा हालसम्म १७ लाख ४६ हजार ३३० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News