
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाग्मती र प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
त्यस्तै, बिहीबार राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाको पूर्वानुमान छ ।