अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:२५

महोत्तरीको बर्दिवासमा बलात्कारपछि हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश २ का सरकारले राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई जनही पाँच लाख रकम राहतस्वरूप उपलब्ध गराउने जानकारी गराउनुभएको हो । मन्त्री यादवले प्रहरीको गोली लागि घाइते भएकालाई उपचार खर्चबापत जनही एक लाखका दरले रकम उपलब्ध गराउने पनि बताउनुभयो ।

बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको गएको मङ्सिर आठ गते शव भेटिएको थियो भने घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बर्दिवास नगरपालिका १ का बुद्धिराज न्यौपानेको ज्यान गएको थियो । 

Comment


Related News

Latest News

Trending News