अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:३७

जनता समाजवादी पार्टीका राष्ट्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा स्वप्न नदेख्न सुझाव दिएका छन् ।

महोत्तरी बलवा नगरपालिकाको रौजामा बुधबार आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले वर्तमान संघीय सरकारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हावी हुँदै गएको आरोप लगाए । सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भैसकेका शक्तिहरु संग मोर्चाबन्दी गर्दै नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको छ, अध्यक्ष यादवले भने–यस्ता शक्तिहरु आफै समाप्त हुन्छ ।

यस्ता शक्ति विरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एकजुट हुन आह्वान गर्दै अध्यक्ष यादवले जनतालाई सचेत हुन आग्रह गरे । यो २०१७ साल होइन, उनले भने– २०७७ हो । अहिले जनता सचेत र संगठित छन , संघीयतार गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले समाप्त गर्छ उनले थपे । जनता समाजवादीपार्टी जनताको अधिकार रक्षाको निमित्त सदैव संघर्षमा रहने पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले प्रतिबद्धता जनाए । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई जसपाले कुनै पनि हालतमा समाप्त हुन नदिने अध्यक्ष यादवले प्रष्टयाए । अध्यक्ष यादवले मधेश विद्रोहको जगमा बनेको प्रदेश सरकार आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई समेत टेवा दिने उद्देश्यका साथ ल्याएको मजार सौन्दर्यीकरण योजना सराहनीय रहेको बताए । प्रदेश सरकारले सीमिति स्रोत साधनका विच गरि रहेको विकास निर्माणका काम हरु सन्तोषजनक रहेपनि अगामी दिनमा विगतका समिक्षा गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने उनको कथन थियो । कार्यक्रममा संघीय सांसद एवं पूर्वमन्त्री शरदसिंह भण्डारीले चुनाव ताका आफुहरुले गरेको वाचा अनुसार प्रदेश सरकारले विकास निर्माणलाई अगाडी बढाएको रअगामी दिनमा समेत यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकासको प्रमुख आधारहरु मध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेको बताए । प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको उनले उल्लेख गरे । प्रदेश २ का प्रमुख धरोहर जानकी मन्दिरबाट शुरु भएको अभियान रौजा मजार सम्म पुगेको र अगामी दिनमा सबै धार्मिक पर्यटकीय स्थलहरुलाई एउटै मार्गमा जोड्ने यो रहेको उनले बताए । प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जैलृुन राइन, सुरिता साह, बलवा नगरपालिकाका प्रमुख विनोद यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजना ११ करोड ९० लाखको लागत रहेको मुख्मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

हिंदू एबम् मुस्लिम समुदायको साझा आस्थाको केन्द्र रौजÞा मजÞारमा श्रद्धालुको प्रयोगको लागी ५० कोठे पुरुष शौचालय,५० कोठे महिला शौचालय, बलि प्रदानको व्यवस्थापन गर्न ढल तथा पर्यटकहरूलाई कम्तीमा एक रात बिश्राम गर्नको लागि धर्मशाला एबम फÞातिया खाना सहितको कार्यालय भवन एबम लाइटनिंगको काम तीन आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News