अपडेट 
२०७७ मंसिर १८, बिहीबार १५:३९

कोरोना माहामारीका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत को सिमा खोल्नु पर्ने माग गर्दै आन्दोलित भएका सिमानाकामा बसोबास गर्ने नागरिक हरुको आन्दोलन दिनप्रतिदिन तिब्रता लिदै गएको छ । भारतले आफ्नो तर्फबाट सिमा खुल्ला गरेपनि नेपालले एक महिना थप गर्दै सिमामा अबागमन ठप्प पारेपछि आन्दोलन ले तिब्रता लिदै गएको हो ।नेपाल भारत खुल्ला सीमा सम्वाद समुहको अगुवाईमा प्रदेश नं २ का आठ वटा जिल्ला मध्ये ६ वटा जिल्लामा नागरिकले निरन्तररुपमा धर्ना दिदै आएका छन । प्रदेशको धनुषा जिल्लाबाट मंसिर ३ गते देखि नेपाल भारत खुला सीमा सम्वाद समुहका केन्द्रिय संयोजक राजीव झाको अगुवाईमा सुरु गरिएको खुला सीमा खुला करो अभियान अन्तरगत निरन्तररुपमा धर्ना दिदै आएका छन । प्रदेशका धनुषा,महोत्तरी,सिरहा,बारा,पर्सा,सप्तरी गरि ६ वटा जिल्लामा धर्ना जारी रहेको छ भने रौतहटमा सीमा खुल्ला गरिएको भनिएपनि अवस्था जस्ताको त्यस्तै रहेको देखिएको छ ।

सीमा खोल्न माग गर्दै विरगंजमा अनिश्चितकालीन धर्नामा वस्दै आएकि जनता समाजवादी पार्टीकि केन्द्रिय सदस्य मुन्नी श्रीवास्तवले जनतलाई कोरोनाबाट त्रास कम छ तर सीमा वन्द गरेर सरकारले पिडीत जनतालाई अझ समस्या थपिदिएको वताईन ।

कोरोनालाई समस्या देखाएर सरकारले वन्द गरेको सीमा कोरोनाको भ्याक्सीन नआएसम्म सीमा वन्द गर्ने नै हो त ? भनेर जसपाकि वरिष्ठ नेत्री प्रतिमा जोसी कि प्रश्न रहेको छ । सीमा वन्द भएको कारण एका तर्फ महगाईले चरम सीमा पार गरेको छ भने अर्को तर्फ भएभरको व्यापार पनि धाराशायी हुने अवस्थामा पुगेको छ । उनले नेपाल भारत विचको बेटिरोटीको नातालाई खरा वगर्न नहुने तर्क उनको रहेको छ ।

खास गरेर भारत र नेपालमा सीमामा बसोबास गर्ने नागरिकलाई आफनो नाता गोतासंग भेटघाट गर्ने देखि लिएर विवाह व्रतवन्ध तथा मृत्युर्कममा पनि जान सकिने अवस्था रहेको छैन ।भारतको तर्फबाट एकतर्फीरुपमा सीमा खोलिएपनि नेपालले सीमा वन्दलाई निरन्तरता दिइएपछि भारतले पनि सिधाबाटो भएर नेपालीहरुलाई भारत प्रवेस गर्न दिएको छैन । सीमाको मुख्यबाटोलाई बन्द गरिएपनि चोरबाटो भएर निरन्तररुपमा नागरिकहरुको आवत जावत रहेको छ ।त्यसैगरि सरकारले पनि अति आवश्यक खाद्यान्न लगायतका समाग्रीहरु विरगंज भन्सार,गौर भन्सार र जटहि नाकाबाट निरन्तररुपमा मगाईरहदा सीमा जवरजस्ती किन बन्द गरिएको भन्दै नागरिकहरु आन्दोलीत पनि हुन थालिएको छ ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलका अनुसार कोरोनाका कारण वन्द गरिएको सीमा सिल गरिएको थियो तर अहिले समान ढुवानी गर्नका लागि सीमा खुला नै गरिएको छ तर सर्वसाधारण जनताका लागि सीमा चाहि वन्द गर्नु कहा सम्मको न्याय रहेको उनको भनाइ छ । उनले सरकारले समान ल्याउने वेलामा कोरोना नलाग्ने तर सर्वसधारण सीमा पार गरे कोरोना लाग्ने जस्तो सोच राख्नुले सरकारको नियत झल्कीएको वताए ।

यता पुर्व मन्त्री समेत रहेकि जसपाकि नेतृ करिमा बेगमले कोरोनाको कारण सीमा वन्द गरिएपनि अहिले आएर कोरोनाको प्रभाव कम भइसकेको अवस्थामा सरकारले महिने पिछे अवधि बढाउन अलिकती उपयुक्त नरहेको वताईन ।सरकारले षडयनत्रपुर्ण तरिकाले सीमा वन्द गरेको ले सीमा आधीकारीकरुप्मा नखोले सम्म धर्ना जारी राख्ने वताईन ।

लागाताररुपमा नाका ९ महिना देखि वन्द छ जनता अस्तव्यस्त अवस्थामा छदा पनि नेपाल सरकारले जनताको जनजीवन सहज वनाउन नसकेको जनता समाजवादी पार्टीकि केन्द्रिय सदस्य रम्भा मिश्रको भनाई रहेको छ ।धर्ना गर्नु रमाईलो नभएर मजवुरी रहेकोले सरकारले सीमा नखोले सम्म धर्ना कार्यक्रम जारी रहने वताईन ।

बारा जिल्लाको कलैया स्थ्ति मटिहर्वा बोर्डरको अवस्था पनि उस्तै रहेको छ ।मटिहवा बोर्डरमा मुख्यबाटोमा तारजाली लगाइएको छ भने त्यसैको वगलमा दसगजा आरापार नेपाल र भारतका प्रहरी विभिन्न चेकजांचका साथ सीमा आरपार गराईरहेको अवस्था पनि देखियो ।

नेपाल भारत खुला सीमा सम्वाद समुह बाराका अध्यक्ष सन्तोष पटेलका अनुसार सरकारको नियत नै जनतालाई पेल्ने खालको रहेको छ ।उनको नियत प्रष्ट रहेको भए चोर बाटो भएर पार गराउनुको सटटा मुख्य सडक नै खोल्थे तर त्यसतो अवस्था नरहेको वताउदै सिधाबाटो जादा कोरोना लाग्ने र चोरबाटो जादा कोरोना लाग्ने जस्तो दोहोरो नियत त्याग गर्नुपर्ने वताए ।

रौतहटको गौर नाका खुलेको भनि समाचार आएपनि बास्तविकता चाहि त्यस्तो नरहेको देखियो । रौतहट नाकामा पनि सर्वसधारणलाई सास्ती कायमनै रहेको देखिएको छ ।नाकालाई वन्द गरि भारतको बैरगीनिया सम्म पुग्नका लागि सर्वसधारणलाई नेपाल भारत विचको नदि पार गर्नुप्र्ने अवास्था रहेको देखियो भने नदि तर्नका लागि पुल समेत रहेको छैन ।यता महोतरीको कटैया नाकाको पनि अवस्था उस्तै रहेको छ ।दसगजा आरपार दुवैतर्फ गाउ छ दुवै तर्फको आवत जावत वगलबाट हुदै आएपनि मुख्य सडकमा चाहि तारजाली लगाइएको छ । नेपाल भारत खुला सीमा सम्वाद समुह महोत्तरीका अधयक्ष रोशन सिंह राणाका अनुसार काठमाण्डुलाई नै नेपाल ठान्ने नेपाल सरकारको रणनीति समाप्त गर्नुपर्ने वताए । उनले सीमा वन्दनै गर्नुपर्ने भए नेपाल सरकारले सम्पुर्णरुपमा सीमा वन्द गरि आफनै पावरमा कार्य गर्नुपर्ने वताउदै मधेशीलाई सीमा आर पार गर्नुपर्ने जस्तो वन्देज लगाएर दोहरो प्रविती त्याग गर्नुपर्ने वताए । तश्करहरुले अहिले पनि समान आरपार गरिरहेको अवस्था छ तर सर्वंसधारणले एक किलो प्याज पनि ल्याए पक्राउ गर्ने जस्तो परिपाटी समाप्त गरि यथासिघ्र सीमा खोल्नुपर्ने वताए । सीमा न खोले मधेशी जनताले आफै पहल गर्न वाध्य हुने समेत चेतावनी दिए ।

यता धनुषाको अवस्था पनि उस्तै रहेको सर्वसाधारणको आवत जावत जारी छ,पैदल यात्रु सीमा आरापार गरेको अवस्था छ तर पनि मुख्यसीमा चाहि वन्द गरिएको अवस्था छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले तस्करहरुलाई नेपाल समान ल्याउनका लागि केहि झण्झट नहुने तर सर्वसाधारण नागरिकलाई औषधी खरिद गर्नका लागि पनि समस्या हुने भएकोले नेपाल भारतको सीमालाई यथासिघ्र खोल्नुपर्ने वताए । नेपाल र भारत विचको बेटि रोटी सम्वन्धलाई विर्गाने कार्य कुनै पनि हालतमा स्विकार्य नहुने वताउदै चौधरीले नेपाल र भारतको विचको पौराणीक नातालाई जोगाउनका लागि यथासिघ्र सीमा खोलेर सर्वसारणका जनजीवन सहज पार्नुपर्ने वताए ।

नेपाल भारत खुला सम्वाद समुहका संयोजक राजीव झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले नेपाल भारतको सीमालाई वन्द गर्नै अभिप्रायले महिनै पिच्छे सीमा वन्द गर्ने कार्य गर्दै आएको वताउदै यथासिघ्र सीमा नखोले मधेशका नागरिकले जवरजस्ती सीमा खोल्न बाध्य हुने चेतावनी दिए । नेपाल र भारतले प्रवुध समुह गठन गरेर नेपाल र भारतको बेटी रोटीको नातालाई धारशायी तुल्याउनका लागि सीमा वन्द गर्ने प्रपंण्चलाई मधेशी जनताले स्विकार्य नगर्ने वताउदै झाले सीमा वन्द गर्ने खेल गरे मधेशी जनताले कडा प्रतिकार गर्ने वताए ।

नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल र भारत विचको बेटी रोटी सम्वन्धलाई कायम राख्नका लागि विभिन्न समयमा कार्य गर्दै आएको छ ।समुहले विगत चार महिनामा लागताररुपमा भर्चुअल माध्यमबाट बन्द रहेको सीमालाई खुलाउनका लागि कार्यक्रम संचालन गर्दै आएको थियो ।

Comment


Related News

Latest News

Trending News