अपडेट 
२०७७ मंसिर १८, बिहीबार १६:३३

नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५३४ महिला र ८०९ पुरुष गरि थप १३४३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना देखिएको छ । जसअनुसार भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४५५ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १५५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २१११ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १५ हजार ७६६ जना आइशोलेशनमा छन् भने ५७६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपाालमा १७ लाख ६३ हजार ९१९ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News