प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनि रिट दायर गरेकाे छ । अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले बिहीवार सर्वोच्च अदालत पुगेर संघीय सरकारविरुद्ध रिट दायर गर्नुभएको हो ।
ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको मन्त्री सोनलको आरोप छ । रिटमा मंसिर २६ गते पेशी तोकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।
संघीय सरकारविरुद्ध रिट दायर गर्ने सोनाल २०७४ को निर्वाचनमा बारा क्षेत्र नं ४ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित हुनुभएकाे थियाे ।