अपडेट 
२०७७ मंसिर १९, शुक्रबार ०७:३४

गौर । रौतहट जिल्लाको गौर नाकाबाट पैदल आवत जावत गर्न दिनको लागि गृह मन्त्रालयको निर्देशन पूर्ण रुपमा पालना भएको छैन् । कोरोना भाइरसको महामारीको बेला नेपाल सरकारले बन्द गरेको नेपाल–भारत सीमा खोलाउन स्थानियहरुको दवाव पछि नेपाल सरकारका गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत गौर नाका भएर भारत तर्फ पैदल आवागमन गर्न सकिने भनी दिएको निर्देशन भारत पक्षका अवरुद्धका कारण कार्यान्वयन हुन सकेको होइन ।

लामो समयदेखि बन्द रहेको नेपाल भारत सिमाको कारण स्थानीयहरुलाई दैनिक जीवनमा परिरहेको नकारात्मक प्रभावको न्यूनीकरण गर्ने उदेश्यले रौतहटका नागरिक समाजको नेतृत्वमा गरिएको धर्ना प्रदर्शनको क्रममा नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत पैदल यात्रु , विबाहको गाडी , विरामी बोक्ने एम्बुलेंस मुख्य नाका भएको आऊंन जान सकने बताए पछि १५ दिनदेखि जारी रहेको धर्ना कार्यक्रम स्थगित गरिएको थियो । भन्सार कार्यालय अगाडी लगाइएको बैरियर खोलेर आवागमन सुचारु भएको संकेत दिएको नेपाली सुरक्षाकर्मीहरुले भारतीय सिमा सुरक्षाको निमित खटिएका सशस्त्र सिमा सुरक्षा बलले मुख्य नाका भएर जान नदिएको कारण मुख्य नाका भएर आवत जावत गर्ने बातावरण अहिले सम्म सहज भएको छैन । सीमावर्ती बाजार बैरगनिय जानको लागि अहिले पनि चोर बाटोको सहारा लिनुपर्ने भएको स्थानीयहरुको गुनासो रहेको छ ।

नेपालमा नपाउने खाद्य सामग्री भारतमा खरीद गर्न जादा सीमामा रहेका दुवै देशका सुरक्षाकर्मीहरुको ज्यादाती सहनु परिरहेको स्थानीय राजहर यादवले दुखेसो पोखे । मङ्सिर ११ गते प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले नेपाल सरकारले श्रावण २४ गतेका दिन गरेको निर्णय अनुसार गौर नाका प्रवेश नाकाको रुपमा रहेकोले पैदल यात्रा गन सकिने बताएपनि अहिले सम्म सो सहज हुन नसकेको स्थानीयहरुको आरोप रहेको छ । नेपाल सरकारले झुक्यायों स्थानीयहरुको गुनासो छ । नेपाल सरकारले एकतर्फी रुपमा निर्णय गरेकोले आवागमन सहज हुन नसकेकोले भारत सरकार सित सहकार्य गरेर सीमा नाका भएर आवागमन गर्ने बातावरणको सृजना गर्नु पर्ने आवश्यक देखिन्छ ।

नेपाल भारतको सीमा बन्दको कारण स्थानियहरुलाई आवागमन गर्न ठूलो कठिनाई भोग्नु परिरहेकोले नागरिकको समस्या बुझेर सरकारले यथाशिग्रह ठोस पहल गर्नु पर्ने स्थानियहरुको सुझाव रहेको छ ।

Comment


Related News

Latest News

Trending News