अपडेट 
२०७७ मंसिर १९, शुक्रबार १३:२८

प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको सञ्चार सचिवालयको फेसबुक पेज ह्यक भएको छ । मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहेको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ भने मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।

मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले शुक्रबार बिहान ९ दुबै पेज एकाएक ह्याक भएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News