अपडेट 
२०७७ मंसिर २०, शनिबार ०८:२६

मैथिली कविकोकिल विद्यापतिको जन्मतिथिबारे खासै उल्लेख नभएपनि मृत्युबारे भने एउटा कवित वेस लोकप्रिय छ – ‘ आजु देखल हम शिवसिंह पूmप । बतिस बरिसपर सामर रुप ।। बहुत देखल गुरुजन प्राचिन । आब भेलहु“ हम आयु बिहीन ।। विद्यापतिक आयु अवसान । कातिक धवल त्रयोदशी जान ।। ’ भनिन्छ । विद्याति ज्योतिषशास्त्रका पनि ठुलै जानकार थिए । उनलाई आफ् नो मृत्युको आभाव जीवनकालमै भई सकेको थियो । अनि उनले आफ्नी छोरी दुल्लरीलाई बोलाएर भनेका थिए । सपनामा मैले राजा शिवसिंहलाई ३२ वर्षपछि देखें । अनेकौ गुरुजनको दर्शन भयो अनि प्राचिन कुराहरु पनि देंखे । अब मेरो आयु अवसान भयो । म कातिक धवल त्रयोदशी अर्थात् कार्तिक शुक्लपक्षको त्रयोदशी तिथिमा म देह त्याग गर्छु । स्वप्नशास्त्रका जानकार हरुका अनुसार – सपनामा गुरु,मृत्यु भएका मित्र तथा पुराना कुराहरु हेर्दा आयु क्षिण भएको मानिनु पर्दछ ।

विद्यापतिको रचना भनिएको यसै पदाबलीको आधारमा मैथिलीभाषी समुदायको बाहुल्यता रहेको नेपाल र भारतमा प्रत्येक वर्ष कातिक धवल त्रयोदशीको दिन विद्यापति स्मृति पर्वको आयोजन हुदै आएको छ । यस वर्ष प्रदेश सरकारको पहलमा अलि भिन्न प्रकारका आयोजना सुरु गरिए । झण्डै १३ करोडको लागतमा महोत्तरीको बनौलीमा अवस्थित विद्यापति पोखरीको सौन्दर्यीकरण ,पुस्तकालय तथा संग्रहालय निर्माणको थालनी भयो । कोशीदेखि गण्डकी बीचका आठ जिल्ला समाहित प्रदेश २मा मैथिली भाषीको संख्या ४५ प्रतिशतभन्दा अधिक छ तर हालसम्म प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिएको छैन । आफूलाईपहिचानवादी भन्न रुचाउने जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार सबैभन्दा प्रिय पहिचान भनिने मातृभाषालाई सम्मान गर्न नसकेपनि मैथिली भाषाको पर्याय भनिने विद्यापति पोखरीको सौन्दर्यीकरणमा १३ करोड विनियोजन गर्नुलाई सकारात्मकनै भन्नु पर्ला ।

धोती,कूर्ता,पागमा सजिएका मुख्यमन्त्री लालबाबू राउतसहितका प्रदेश सरकारका मन्त्री, राष्ट्रसेवक तथा भाषा अभियन्ताहरु सिलान्यास कार्यक्रममा सहभागी भए । रंगारंग गीत संगीतको समेत आयोजन गरियो । महाकवि विद्यापतिको भाषालाई मान्यता दिननसकेपनि उनको नाउसंग जोडिएको पोखरीको सौन्दर्यीकरण आयोजना शिलान्यास गरेकोमा पुनः धन्यवाद । विद्यापतिकाल (सन् १३५० देखि १४५० सम्म) मा दक्षिणतर्फ ओइनवार वंशीय राजाहरुको राज्य थियो भन्ने उत्तर कमलानदी भन्दा पूर्व सप्तरीमा द्रोणवारवंशीय पुरादीत्यको तथा कमलापश्चिम महोत्तरीमा सिंहनारायणको राज्य थियो । २०१८ सालअघि सिरहा र धनुषा जिल्ला थिएन । पूर्वमा सप्तरी र पश्चिममा महोत्तरी मात्र थियो । पुरादीत्य र शिवसिंह सच्चा मित्र थिए । ओइनवार वंशीय राजा शिवसिंह र तत्कालीन मुसलमान शासकबीच भएको युद्धमा शिवसिंह युद्ध मैदानबाटै वेपत्ता भएका थिए । अत ः रानी लखिमा देवी (शिवसिंहकी पत्नी ) को सुरक्षाको लागी विद्यापति लखिमासहित पुरादीत्यको दरवारमा संरक्षण लिएका थिए ।

जहा“ उनिहरु १२ वर्ष बिताए । हिन्दु धर्मअनुसार वेपत्ता भएका व्यक्तिको १२वर्ष पछि कुशको प्रतीक बनाई दाहसंस्कार गर्ने चलन छ । पुरादीत्यकै संरक्षणमा शिवसिंहको काज कृया गरियो अनि उनिहरु पुनः आफ्नो ेश फर्के । पुरादीत्यको राजधानी बनौली थियो । जहा“ विद्यापति १२ वर्ष बिताएका थिए तथा लिखनावली जस्ता कानूनी चिठी पत्री लेखन सम्बन्धी पुस्तकको रचना गरेका थिए । अचेल प्रदेश २ को चार जिल्लामा बनौली रहेको दाबी गरिदैछ । सप्तरीको खांडो खोला नजिकको बनौली , सिरहाको छपरारी चौकभन्दा दक्षिणको बनौली,महोत्तरीको बनौलीतथा बार जिल्लामा अवस्थित बनौली । इतिहासकारहरुका अनुसार – चारबटै बनौलीमा विद्यापतिको नामसंग जोडिएका डीह,पोखरी र ईनारहरु छन् । चारै गाउ“का व्यक्तिहरु विद्यापतिले १२ वर्ष बिताएको स्थान यही हो भन्नेर दाबी पनि गर्दै आएका छन् । अर्को शब्दमा भनौभने विद्यापतिले प्रवासकाल बिताएको वास्तविक बनौली कुन हो ? यो विषय अझै पनि ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

प्रदेश २ सरकार महोत्तरीको बनौलीमा बजेट विनियोजन गर्नुलाई सर्वत्र स्वागत गरिए पनि वास्तविक बनौलीको खोजीलाई प्राथमिकता दिएको भए बेस हुन्थ्यिो कि ? सबैले स्वीकार गरेको विषय के हो भन्ने द्रोणवार वंशीय राजा पुरादीत्य शिवसिंहका मित्र थिए र विद्यापति रानी लखिमादेवीको साथ पुरादीत्यकै राज्यमा संरक्षण लिएका थिए । इतिहासकार प्रा.डा.वाशुदेवलाल दासका अनुसार – पुरादीत्य कमला पूर्व सप्तरीका राजा थिए । पुरादीत्यका समकालीन महोत्तरी राज्यमा सिंहनारायण राजा थिए । पुरादीत्यका जेष्ठ पूत्र बल्लभ देवको विवाह सिंहनारायणकी जेठी छोरीसंग भएको थियो । सिंहनारायणले आफ् नो ज्वाईलाई कमला पश्चिममा अवस्थित खरिहानी गाउ“–खरिहानी अचेल सबैला नगरपालिकामा पर्दछ ? बिर्ता दिएका थिए । जहा“ अझै पनि द्रोणवार वंशका व्यक्तिहरु बसोवास गर्छन र उनिहरुलाईस्थानीवासी राजा भनेर संवोधन गर्दछन् । पुरादीत्यको राजधानी तत्कालीन सप्तरी हाल सिरहाको छपरारी नजिकको बनौलीमा रहेको मत अधिकांश इतिहासकारहरुको छ तर महोत्तरीको बनौलीमा विद्यापतिले १२ वर्ष बिताएको भन्नेहरुको संख्या पनि कम छैनन् । प्रदेश सरकार आधिकारिक निकाय हो ।् ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानहरुको संरक्षण सम्बर्धनमा प्रदेश सरकारले देखाएको तदारुकता सराहनीय छ तर यसरी ऐतिहासिक तथा पुरातात्विक रुपमा विवादित रहेको विषयमा प्रदेश सरकारले हाथ हाल्नु भन्दा पूर्व विज्ञहरुसंग सल्लाह गर्नु आवश्यक थियो । राजनीतिकर्मी सर्बज्ञाता हुन्छन् भनि ठान्नु किमार्थ उचित होइन ।

Comment


Related News

Latest News

Trending News