अपडेट 
२०७७ मंसिर २०, शनिबार २०:४८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधीहरुको गठवन्धनले मधेशले प्राप्त उपलव्धि संस्थागत हुन नदिन षडयन्त्र गरि रहेको आरोप लगाएका छन् । उनले नेकपाको सरकारले मुलुकवाट संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन् ।नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज जनकपुरधाममा आयोजना गरेको नेपालको बर्तमान राजनीति सन्दर्भमा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यदवले मुलुकलाई धरासाही बनाउन सरकार उद्धत रहेको बताएका थिए । उनले भने–‘कुनै पनि देशको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका भएपनि नेपालको शिक्षा नत काम लाग्ने लायक छ न विकाउ छ ।’मुलुकमा रहेको दुई प्रकारको शिक्षा पद्धतिकै कारण समानता प्राप्त हुन नसकिएको उनले टिप्पणी गरेका थिए । उनले भने–‘एउटालाई सुविधा सम्पन्न विद्यालयमा र एउटालाई समान्य विद्यालयमा पढाएर समानता कुनै हालतमा प्राप्त गर्न सकिदैन् ।’ नेपालको संविधानमा शिक्षा मौलिक हकको रुपमा उल्लेख भएपनि वर्तमान शिक्षा प्रणालीवाट मौलिक हक प्राप्त गर्न नसक्ने उनको टिप्पणी थियो ।उनले मधेश जनविद्रोहवाट प्राप्त उपलव्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगत देखि सत्तासुखमा रमिएकाहरु चरैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको उनको भनाई थियो ।

पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेशी जनताको भावना अनुसार राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकीकरण भएको बताएका थिए । उनले जनमानसमा एउटै कुरा थियो कि एजेण्डा एक भएपनि अलग–अलग हुनु जनताकोलागि धेरै समस्या थियो त्यसलाई हामीहरुले दुर गरेको बताएका थिए ।जनता समाजवादी पार्टी मुलुकमा रहेका आदिवासी, जनजाति, पिछडीएका वर्ग लगायतलाई एक अर्का संग जोड्नकालागि गठन भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले मुलुककै नमुना काम गरेको दावी गरेका थिए । उनले कोभिडकालमा पनि अन्य प्रदेशले हामीहरुवाटै राय सल्लाह लिने गरेको जानकारी दिएका थिए । मुख्यमन्त्री राउतले भने–‘हामीहरुले यहाँ रहेको विज्ञहरुवाट राय सल्लाह लिएरनै कार्य गरि रहेको बताए ।अहिले सम्म ४० वटा कानुन बनाएको उनले जानकारी दिएका थिए ।

प्रदेश सकारले अहिले सम्म गरेको कार्यहरुको बारेमा जानकारी दिँदै जानकी मन्दिरलाई व्यवस्थित र व्यवसायिकरण गर्नमा जोड दिएका थिए । उनले प्रदेश सरकारमाथि संघ सरकारको कुदृष्टिकै कारण र कर्मचारी तन्त्रका कारण चाहेर पनि कति काम गर्न नसकेको उनले गुनासो गरेका थिए ।

Comment


Related News

Latest News

Trending News