अपडेट 
२०७७ मंसिर २०, शनिबार २१:०३

राजर्षि जनक विश्वविद्यालय गरिव तथा विपन्न विद्यार्थीहरुका लागि कोशेढुंगा सावीत हुने दावी गरिएको छ ।

शनिवार जनकपुरधाममा आयोजीत राजर्षि जनक विश्वविद्यालयको अल्पकालीन,मध्यकालीन,दिर्घकालीन रणनितीक योजना अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय योजना तर्जुमा समितिले यस्तो दावी गरेको हो । कार्यक्रममा समितिका सदस्य श्याम किशोर महतोले विश्वविद्यालयमा सातवटा फेकेल्टी संचालनमा रहेको र मुलुकमा रहेका अन्य विश्वविद्यालय भन्दा यस विश्वविद्यालयलाई उतकृष्ट वनाएर देखाउने प्रतिवद्धता जनाए । उनले विश्वविद्यालयको व्यवस्थापनका लागि जग्गाको अभाव रहेको कारण नेपाल सरकारले विश्वविद्यालय संचालनका लागि दिएको पैसा पनि खर्च गर्न नसकेको अवस्था रहेको वताउदै विज्ञहरुले दिएको सुझावलाई शिरोर्धाय गरि अघि वढने समेत प्रतिवद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता नागेन्द्रलाल कर्णले मुलुकको विकासमा लाग्न सक्ने दक्ष जनशक्तिका उत्पादन गर्नु विश्वविद्यालयको लक्ष्य हुनुपर्ने वताउदै स्तरिय शिक्षाका लागि शिक्षक ल्याउनुपर्ने र त्यसको लागि राजनीतिकबाट टाढा हुनुपर्ने वताए ।

कार्यक्रममा राराव क्याम्पसका प्राध्यापक डा.विनोद साहले लोकल रिक्वेरमेन्टमाथि ध्यान दिनुपर्ने सुझाव दिदै विदेश पठाउने जनशक्ति उत्पादन गरेर क्षेत्रको विकास नहुने भएकोले कृषिमाथि विशेष अध्यन र अध्यापन गराउनुपर्ने वताए । उनले विश्वविद्यालयमा रिर्सच गर्ने वतावरणको सृजनाको साथै विश्वसंग प्रतिस्पर्धा गर्ने शिक्षालाई प्राथमिकता राख्नुपर्ने वताए ।उनले भने,नोकरी मात्र गर्ने जनशक्ति उत्पादन गर्नुभन्दा अरुलाई नोकरी दिने जनशक्ति उत्पादन गर्नुपर्छ ।

राराव क्याम्पसका उपप्रधापक किशोरी नायकले सरकारको कमजोरीका कारण सरकारी क्याम्पसहरु धाराशायी वन्दै गएकोले विश्वविद्यालयलाई दक्ष वनाउका लागि राजनीतिकबाट टाढा भई सचेत भई संचालन गर्न सुझाव दिएका थिए । उनले अहिले सीप मुलक शिक्षाको आवश्यकता रहेकोले त्यसमाथि जोड दिनुपर्ने वताउदै जनकपुरधामको शिक्षा सांघुरो सोचका कारण शिक्षाको स्तर तल झरेकोले राजनीतिबाट टाढा हुन सुझाव दिएका थिए । विश्वविद्यालयले पढाइको मापदण्डलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको अधिवक्ता विनोद शर्माको भनाई रहेको थियो उनले पुरानै ढर्राले अव विश्वसंग प्रतिस्पर्धा गर्ने अवस्था नरहेको वताए । राजर्षि जनक विश्वविद्यालयलाई संचालन गर्नका लागि दस वर्षका लागि डा. विजय सागर वर्माको संयोजकत्वमा पाच सदस्यीय योजना तर्जुमा समितिको निमार्ण गरिएको छ । समितिको सदस्यहरुमा प्राध्यापक जुगेश्वर साह,विश्वविद्यालयका डिन श्याम किशोर महतो,प्रा.विजय वहादुर सिलवाल र डा.सुरेन्द्र लाभ रहेको छ ।

Comment


Related News

Latest News

Trending News