अपडेट 
२०७७ मंसिर २१, आईतवार ०७:३२

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले शनिवार गृह जिल्ला रौतहटमा सिचाइका लागि डिप टयुवबेल जडान गरेका छन ।

रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवा भेल्हीमा शनिवार कृषि राज्य मन्त्री यादवले डिप टयुवबेल जडान कार्यको शुरुवात गरेका हुन । आज एक कार्यक्रमकाबीच राज्य मन्त्री यादवले पुजाआजा गरी विधिवत रुपमा एक डिप टयुवबेल जडान कार्यको शुभारम्भ गरेका हुन । सिचाइको अभावमा किसानहरुले वर्षौदेखी आकासे पानीको भरमा खेती गर्न बाध्य हुँदै आएको अवस्थालाई मध्य नजर गर्दै राज्य मन्त्री यादवल आफना विशेष पहलकदमीमा डिप टयुवबेल जडान गरेका हुन । डिप टयुवबेल जडान कार्य सकेपछि त्यस भेगका हजारौ हजार विघा खेतमा सिचाइको सुविधा उपलब्ध हुने छ ।

जडान गरिएको डिप टयुवबेलबाट जिल्लाको सखुअवा, भेल्ही , मिठुअवा ,खेसरहिया लगाएत गाउँका हजारौ बिगहा जमिन सिंचित हुने मन्त्री यादवले बताएका हुन । डिपटयुवबेल जडानले सो भेगका किसानहरु निकै उत्साहित भएका छन । टयुवबेल जडानले अब खेतीबारी गर्न पानीको समस्या नहुने भन्दै किसानहरु निकै हर्षित भएका छन । टयुवबेल जडानले वर्षोदेखी खेती गर्न पानीको समस्या झेल्दै आएका किसानहरुलाई अब पानीको अभावमा आकाशे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको छ ।

Comment


Related News

Latest News

Trending News