अपडेट 
२०७७ मंसिर २१, आईतवार ०७:५३

विश्वभरमा चार करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा चार करोड ६२ लाख २५ हजार नौं सय १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ६८ लाख ३० हजार नौं सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ३३ हजार सात सय १५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९० लाख ७१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८७ लाख ८५ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८७ हजार आठ सय सात जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार दुई सय १६जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३९ हजार आठ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २४ हजार ५३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News