अपडेट 
२०७७ मंसिर २१, आईतवार ०८:१७

सवारी चालक अनुमतिपत्र लागि लिखित परीक्षा पास गरेका परीक्षार्थीले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीहरुले ९० दिनभित्र दुई पटकसम्म मात्र ट्रायल दिन पाउने व्यवस्था थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण लिखित परीक्षा पास गरेर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परीक्षार्थीलाई लक्षित  गरि नियम लागु गरिने यातायात विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News