अपडेट 
२०७७ मंसिर २२, सोमबार १४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार (भोलि) बिहान ११ गते सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।

भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नुभएको थियो । त्यसयता देशमा सर्वदलीय बैठक बसेको छैन ।  

Comment


Related News

Latest News

Trending News