अपडेट 
२०७७ मंसिर २२, सोमबार १७:३९

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नाै सय ९५ पुगेकाे छ । साेमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

६ हजार दुई सय २० जनाकाे नमुना परीक्षण गर्दा एक हजार १४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।अब नेपालमा १२ हजार नाै सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय १४ पुगेकाे छ । 

Comment


Related News

Latest News

Trending News