अपडेट 
२०७७ मंसिर २२, सोमबार १९:५५

सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार बिहान जग्गा विवादमा दुई पक्षबीच भएको कुटपिटमा दुई महिला घाइते भएका छन् । उक्त नगरपालिका वडा नं. १ बस्ने सुमिन्द्रादेवी राम र सम्तोलियादेवी साहबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा एक अर्काको कुटाईबाट ती दुबै घाइते भएकी हुन् ।

रामको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा र साहको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै घाइते महिलाले भने एक अर्कामाथी बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको बताएकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेको डिएसपी भुवनेश्वर साहका अनुसार सुिमन्द्रा र सम्तोलिया परिवारबीच लामो समयदेखी गाउँकै एक जग्गाको विषयलाई लिएर विवाद रहँदै आएको छ । सोही विषयमा पटक पटक दुबै पक्षबीच झै झगडा हुँदै आएकोमा निकासका लागि स्थानिय समाज र प्रहरी चौकीमा समेत पंचायति बसी निकासको प्रयास गरिएको थियो । तर, विवादित जग्गा बारे दुबै पक्षको आ–आफ्नै अडानका कारण निकास निस्किन सकेको छैन् । समस्या समाधानका लागि कानुनी बाटो अघि बढाइएकै बखत दुबै पक्ष झै झगडामा उत्रिएपछि सो अप्रिय घटना घट्न गएको डिएसपी साहको भनाई छ । पछिल्लो घटना बारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए । यता उपचारका क्रममा अस्पताल भर्ना भएकी सुमिन्द्रा र सम्तोलिया दुबैले एक अर्कामाथी बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाउँदै कडा कारवाहीको माँग गरेकी छिन् । प्रहरीले भने बोक्सीको आरोपमा कुटपिट भएको दाबी र हल्ला दुबै निराधार रहेको स्पष्ट पारेको छ । डिएसपी साहले भने, एक अर्कालाई फसाउने नियतले मात्र बोक्सीको कुरा उठाइएको छ, बास्तविक कारण जग्गा विवाद नै हो ।

Comment


Related News

Latest News

Trending News