अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:३०

जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश २ समृद्धिकोबाटोमा अगाडी बढी सकेको बताएका छन् । उनले प्रदेश २ मा भई रहेको विकास निर्माण तथा सौदर्यीकरण प्रसंसनीय रहेको बताएका छन् । धनुषाको नगराईन नगरपालिकाको फूलगामामा रहेको मनियारी सिंचाइ योजनाको शिलान्यास कार्यक्रममा प्रदेश २ का अधिकांश जनता कृषिमा निर्भर रहेकाले सिंचाइको अभावमा निक्कै समस्यामा रहने गरेकाले सिंचाइमा जोड दिन जरुरी रहेको बताए ।

उहाँले खेत खेतमा सिंचाइ तथा हातहातमा रोजगार भन्ने नारालाई विभिन्न जिल्लामा नयाँ सिंचाइ योजनाहरुको शुभारम्भ गरेर सार्थक बनाउने अभियानमा प्रदेश सरकार लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारले प्रदेश २ का ८५ प्रतिशत जनता कृषि पेशामा लागेकाले खेतमा हरियाली नआएसम्म किसानको अनुहारमा खुशीयाली आउन नसक्ने भएकाले प्रदेश सरकारले सिंचाईमा जोड दिईएको बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले किसानको अनुहारलाई उज्यालो बनाउनका लागि कृषिमा सुधार एवं विकास आवश्यक भएको बताए । उनले सिञ्चाई, मल, खाद्यको अभावमा किसानहरु पीडित हुदै आएकाले नै प्रदेश सरकारले पानीका साना साना श्रोतहरुको सही व्यवस्थापन गरेर जनताको खेतखेतमा सिञ्चाई सेवा पुर्याउने गरी अगाडी बढेको बताउनु भयो ।

प्रदेश नं २ सरकारको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामको रेखदेखमा १७ करोडको लागतमा दुई वर्षमा उक्त सिंचाई योजना सम्पन्न गर्ने कार्यक्रम रहेको सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले जानकारी दिए । सिंचाई योजनाको निर्माण सम्पन्न भएपछि सो क्षेत्रका ५ सय ५० हेक्टर क्षेत्रफलमा बाह्र महिना नै सिञ्चाई सेवा पुग्ने सिडिई झाले बताए ।

Comment


Related News

Latest News

Trending News