अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:४४

जनकपुरधाम । जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएपछि यसको औपचारिक रुपमा मंगलबार (आज) उद्घाटन गरिदैंछ । रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवनको निर्मण गरिएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । यो भवनको पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ टर्मिनल भवन निर्माण भएपछि अब यात्रुलाई सहज हुने भएको छ । पुरानो भवनमा धेरै सुविधा थिएन् । अब यात्रुले खानेपानी, पार्किंग लगायतका सेवा पाउनेछन् । यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीले काम गरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न सकेको थिएन् । पप्पुको कन्स्ट्रक्सनले काम गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो । नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।

नयाँ टर्मिन लबनेपछि अब जनकपुरबाट राति पनि जहाज उड्न सक्ने भएको छ । यसको परक्षिण भने गत माघमै भइसकेको थियो । टर्मिनल भवन २ बर्षमै बनिसक्नुपर्नेमा पहिलो सम्झौता गरेको कम्पनीले काम गर्न नसक्दा झण्डै ९ बर्षपछि निर्माण सम्पन्न भएको हो । जनकपुर विमानस्थल २०२४ सालदेखि सञ्चालनमा आएको हो । जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नया टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गएिको छ । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाउनुका साथै बारुण यन्त्र र एक्सर

Comment


Related News

Latest News

Trending News